AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुलुकको भविष्य विद्यार्थीको काधमा छ : नेता डा कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०८०, सोमबार १९:१६
72
Shares
कुमोद अधिकारी
विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकको भविष्य विद्यार्थीको काधमाा रहेको वताएका छन् ।

नेपाल विद्यार्थी संघ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमको आज विराटनगर उद्घाटन गर्दै उनले देशको भविष्य वनाउने विश्वास युवा विद्यार्थी माथी भएकाले त्यो भरोसा र विश्वासलाई डगमगाउन दिन नहुने वताए ।

राजनितिक स्थायीत्व कायम नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले राजनितिक स्थायीत्वका लागी भ्रष्टाचार र दण्डहिनता अन्त्य हुनुपर्ने उनको भनाई थियो । भ्रष्टाचार समाप्त नभएसम्म सुशासन कायम हुन नस्कने र संघियता वलीयो हुन नसक्ने भएकाले भ्रष्टाचार शून्यमा पु¥याउन राज्यको ध्यान जानु आवश्यक रहेको उनले वताए ।

नेता कोइरालाले राजनितिक स्थायीत्व र विकासका लागी नेपाली कांग्रेसले वर्डादखि केन्द्रसम्म अभियान सञ्चालन गर्न लागेको उल्लेख गरे । प्रजातन्त्रको पुर्न स्थापना पछिको कहीवर्ष मुलुकमा उल्लेखनिय रुपमा विकास निमार्णको काम भए पनि त्यसपछि राजनितिक अस्थिरताका कारण मुलुकले सहि गति लिन नसकेकाले मुलुकमा राजनितिक स्थायीत्व आवश्यक रहेको उनले वताए ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तीनाथ माझी, नेपाली कांग्रेस विराटनगर महानगर सभापति दिपक चापागाई नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेस गुप्ता, नेविसंघका पूर्व सह–महामन्त्री कृष्ण कार्की, नेपाली कांग्रेस क्षेत्रीय सभापति विनोद वस्नेत, विद्यार्थी नेता गोपाल सेढाइर्, नेपाल दलीत संघ मोरङका सभापति रामकुमार विश्वकर्मा तथा नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु भुतेललगायतले पार्टीले आप्mना भातृ संघसंगठनलाइ सुद्धिढ वनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री वद्री पाण्डे तथा कांग्रेस नेता देवराज चालिसेले प्रशिक्षण दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर