खबर पूर्वाञ्चल
अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नर बन्ने भएका हुन् । उनी हाल लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सीका प्रथम भाइस गभर्नर हुन् ।
आगमी बैशाख ८ गते विराटनगरमा हुने डिस्ट्रीक कन्भेन्सनबाट उनी गर्भनरमा निर्वाचित हुने छन् । त्यसको लागि अधिकारी इलेक्ट डिस्ट्रीक गभर्नरको पाँच दिने तालिममा सहभागी हुन आज अमेरिका स्थित सिकागो प्रस्थान गरेका छन् । आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन र समुदाय संघ जोडीएर लायन्सले काम गर्ने योजना रहेको अधिकारीले बताए ।
अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । ‘गभर्नर भएपछि आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन हुनेछ र समुदाय संघ जोडीएर लायन्सले सामाजिक काम गर्ने योजना रहेको छ,’ उनले भने, ‘आफ्नो कार्यकालभरी सामाजिक कार्यमा सक्रिय भएर लागि पर्नेछु ।’
तपाईको प्रतिक्रिया