AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘आभा फाउन्डेसनद्वारा असहाय परिवारलाई सहयोग’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०८१, सोमबार १७:४१
18
Shares
विराटनगर / धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारको लागि ‘आभा फाउन्डेसन’ले सहयोग गरेको छ ।

स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जिवन चलाउनु पर्ने बाध्यता छ ।

आभा फाउन्डेसनकी अध्यक्ष सीता साहको नेतृत्वमा, अम्बिका साह, आर्यन स्वर्णकार र गोविन्द साहलगायतका सदस्यहरूले व्यक्तिगत हिसाले सहयोग गरेका हुन् । उनीहरूले यो प्रयास पर्याप्त नभएको बताउँदै समुदायका अन्य सदस्यहरूलाई पनि सहयोग गर्न आह्वान गरेका छन्।

‘हामीले गरेको सहयोग मात्र पर्याप्त छैन,’ फाउण्डेशनकी अध्यक्ष साहले भनिन्, ‘हामी समुदायका सबै सदस्यहरूलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध गर्दछौं।’ सहयोग गर्न इच्छुक व्यक्तिहरूले लक्ष्मी साहलाई सिधै ९८१०५५०१२४ नम्बरमा सम्पर्क गर्न सक्ने आभा फाउण्डेशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर