animated ellipse animated ellipse

कोशी प्रदेशमा स्वास्थ्यमा ५१ करोड बढ्यो बजेट, ३ अर्ब ५८ करोड विनियोजन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ असार २०८१, शनिबार १७:१०
54
Shares
विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्यमा ५१ करोड रुपैयाँ बजेट बढाएर ल्याएको छ । चालु आर्थिक वर्षको लागि सरकाले २ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रदेश सभामा आज आगमी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले स्वास्थ्यमा ३ अर्ब ५८ करोड विनियोजन गरेको जानकारी गराए ।

झापाको मेची अस्पताललाई उत्कृष्ट सेन्टर बनाउनका लागि ६० करोड ५५ लाख बजेट बिनायोजन गरिएको छ । औषधी प्रयोजनको लागि गाजाको व्यवसायिक उत्पादनको लागि संघ सरकारसँग आवश्यक समन्य गरिने मन्त्री मगरले बताए ।

स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्थाको लागि ६ करोड ८४ लाख बजेट विनायोजन गरिएको छ । प्रदेश मातहतका अस्पतालकहरुलाई १० वर्ष मुनिका बालवालिकाहरुको उपचारको लागि ४ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गुणस्तरीय प्रयोगशालाको लागि ५ करोड बजेट विनायोजन गरिएको मन्त्री मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर