animated ellipse animated ellipse

विराटनगरको दुई पसलमा आगलागि हुँदा करिव ६८ लाख क्षति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०७७, आईतवार ११:३९
10.95k
Shares
आगलागि भएको सिरक डसना बनाउने पसल । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर / विराटनगरको दुई पसलमा आगलागि हुँदा करिव ६८ लाख क्षति भएको छ ।

विराटनगर ९ निलसदनमा रहेको का सिरक डसना बनाउन पसल र विराटनगरको ट्राफिक चौकमा रहेको आयुश इम्पोरियम पसलमा शनिबार राती आगलागी करिव ६८ लाख क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर ९ निलसदनमा अभय अर्यालको जमिनमा बास र टिनको छानो बनाएर मोहमद गुलाव रसिदले सञ्चालन गरेका सिरक डसना बनाउने पसल करिव ११ बजेर २० मिनेटमा लागलागि हुँदा करिव आगलागी हुँदा करिव ८ आठ लाख क्षति भएको मोरङ प्रहरीले जनाएको छ । अर्यालको घरको भुई तल्लामा बस्ने महेन्द्र पोद्धारको परिवारले फुलझरी पट्काउँदा भएको आगलागि हुँदा महेन्द्रका ७० वर्षिय बुवा र १७ बर्षिय र ११ वर्षिय बच्चाहरु समेत सामान्य घाइते भएका छन् ।

महेन्द्रको बच्चाहरुको गल्तीले आगलागि भएको हुँदा दुवै परिवारको सहमतीमा क्षतीपुर्ति लिने पसल सञ्चालक गुलावले बताए ।

दिपावलीको अवसरमा मैनवत्ती तथा दियो बाली लापरवाही पूर्वक छाडिएको अवस्थामा विराटनगरको ट्राफिक चौकमा रहेको कपडा पसल आयुश इम्पोरियममा समेत आगलागी हुँदा करिव ६० लाख क्षति भएको मोरङ प्रहरीले जनाएको छ । आगलागि दुई वटा दमकलको सहयोगमा आगो नियन्त्रणलिएको थियो ।

विजय साहको घरमा रहेको सटरमा दिनेश अग्रवालको सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा सटरसहित पसलभित्र रहेको फेन्सी कपडाका सार्थ फर्निचरको सामान सवै आगलागिबाट सवै क्षति भएको मोरङ प्रहरीले जनाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर