खबर पूर्वाञ्चल
आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म सो बराबरको निक्षेप पुगेको आज भएको २३ औं वार्षिक साधरणसभामा जानकारी गराएको हो ।
सहकारीकी अध्यक्ष तारादेवी राईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार ९ प्रकारको बचत गर्ने सेयर सदस्य रहेको जानकारी दिइन् । २०५७ सालमा ४४ जना महिलाले चलाएको सहकारी अहिले २ हजार २ सय सेयर सदस्य आवद्ध रहेको छ । सहकारीको सेयर पूजी १ करोड ५४ लाख ६४ हजार ७ सय, कोष हिसाब १ करोड ९२ लाख ४ हजार ९७, कर्जा लगानी १३ करोड ३७ लाख ४९ हजार ९९० रहेको अध्यक्ष राईले जानकारी दिइन् । ऋण असुली ५ करोड १० लाख ६२ हजार १ सय १ रुपैयाँ रहेको सहकारीको वार्षिक प्रतिवेदनमा उल्लेखछ ।
सहकारीले आर्थिक वर्षमा २ करोड १२ लाख ९६ हजार ३१२ रुपैयाँ आम्दानी गरेको छ । खर्च १ करोड ६७ लाख ५६ हजार २ सय ६६ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेखछ । सहकारीले ८ जना सदस्यलाई निस्कृय रहेको जनाएको छ । कर्जा लिएर लगातार ३ महिनासम्म कर्जाको किस्ता र ब्याज नतिर्ने ऋणी सदस्यलाई निस्कृय सदस्यको सूचीमा राखेको सहकारीले जनाएको छ ।
कार्यक्रममा सहकारी अध्यक्ष राईले महिलाहरुको आर्थिक, सामाजिक , सांस्कृति र राजनैतिक उत्थानका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सहकारीको ठूलो सहयोग गरेको उनले बताइन् । आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा लागि ठूलो संघर्ष गर्दै यहाँसम्म आइपुगेको उनको भनाई छ ।
सोही अवसरमा सहकारीले सेयर सदस्यहरुलाई पनि सम्मान गरेको छ । ७५ वर्ष पुरा भएका २१ जना पुरुष ज्येष्ठ सदस्यहरु र ६५ वर्ष पुरा भएका १९ जना ज्येष्ठ महिला सदस्यहरुलाई सम्मान गरेको छ । यसैगरी ७ जना एकल महिला, २६ जना जेहन्दर विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
सम्मानित भएका ज्येष्ठ नागरिक र विद्यार्थीहरुलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले सम्मान गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख खापुङ्गले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष रमेश पोखरेल, सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डिल्ली पोखरेललगायतले बोलेका थिए ।