ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादीप कलेजले गर्यो उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०८१, मंगलवार १७:२०
963
Shares
विराटनगर / विराटगर–९ मा रहेको शिक्षादीप कलेजले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम वीच उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

कलेजले संचालन गरेको परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई नगद पुरस्कार सहित ससम्मान गरेको कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईले बताए । उनका अनुसार व्यवस्थापन संकाय कक्षा ११ र १२ का गरि २० जना विज्ञान संकायमा कक्षा ११ र १२ का गरि ५७ जना विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको बताए ।

कलेजका विद्यार्थीले एमसिक्यु, विराटनगर महानगरपालिकाले आयोजना गरेको विज्ञान प्रर्दशनीमा दोस्रो हिसान खेलमा पदक विजेता खेलाडिहरु, आन्तरिक हाजिरिजवाफ, रोवोटीक्स एस्ट्रोनोमी एभिएसन र आइटी वर्कसपमा सहभागि २१९ जना  विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको कलेजका निर्देशक भुपेन्द्र दाहालले बताए ।

सम्मानित र पुरस्कृत हुने सवै विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, कलेजका प्रमुख निर्देशक शैलेन्द्र शिवाकोटी, कलेजका निर्देशक डा. विमल श्रीवास्तव, निर्देशक रामचन्द्र अधिकारी र विज्ञान संकायका को–अर्डिनेटर नविन राँयले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर