पूर्वाञ्चल खबर
कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम वीच उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

कलेजका विद्यार्थीले एमसिक्यु, विराटनगर महानगरपालिकाले आयोजना गरेको विज्ञान प्रर्दशनीमा दोस्रो हिसान खेलमा पदक विजेता खेलाडिहरु, आन्तरिक हाजिरिजवाफ, रोवोटीक्स एस्ट्रोनोमी एभिएसन र आइटी वर्कसपमा सहभागि २१९ जना विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको कलेजका निर्देशक भुपेन्द्र दाहालले बताए ।
सम्मानित र पुरस्कृत हुने सवै विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, कलेजका प्रमुख निर्देशक शैलेन्द्र शिवाकोटी, कलेजका निर्देशक डा. विमल श्रीवास्तव, निर्देशक रामचन्द्र अधिकारी र विज्ञान संकायका को–अर्डिनेटर नविन राँयले गरे ।