प्रदेश १ भर पछिल्लो २४ घण्टामा १,४४२ जना संक्रमण मुक्त, थपिए ५७३ जना संक्रमित र १५ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २७ जेष्ठ २०७८, बिहीबार १८:५५

विराटनगर / प्रदेश १ भर पछिल्लो २४ घण्टामा १ हजार ४४२ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् भने ५७३ जना संक्रमित थपिएका छन् ।

संक्रमण मुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज थपिएका ५७३ जना संक्रमित मध्ये सवैभन्दा बढी सुनसरीमा १६८, मोरङमा १४४, झापामा १२५, उदयपुरमा ५५, संखुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, ते¥हथुम र भोजपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ५८, धरानमा ५७, बराहक्षेत्रमा ३०, दुहवीमा ७, इनरुवा र स्थानीय तह नखुलेका ४–४, रामधुनी र गढीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ८६, बुढीगंगामा १५, लेटाङमा १३, उर्लाबारीमा ७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा ३, बेलबारी, कटहरी, रंगेली, जहदा, सुनबर्र्षी र रतुवामाईमा २–२, धनपालथान, केराबारी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ३०, दमकमा २९, विर्तामोडमा १८, मेचीनगरमा ११, कनकाईमा १०, शिवसताक्षीमा ६, कमल गाउँपालिकामा ५, अर्जुनधारामा ४, बुद्धशान्ति र कचनकवलमा ३–३, हल्दिबारी र गौरीगञ्जमा २–२ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ३९, त्रियुगामा १५, उदयपुरगढीमा १, संखुवासभाको चैनपुरमा २३, खाँदबारीमा २०, पाँचखपनमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवासमा २ र साँघरीगढीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुलीमा १, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, पाँचथरको फाल्गुनन्द र खोटाङको हलेसीतुवाचुङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ३९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार २५ रहेको छ । प्रदेश १ मा आज १ हजार ७४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २६५ महिला र ३०८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ भर पसंक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३०३ महिला र ७२० जना पुरुष गरी १०२७ पुगेको छ ।

मृत्यु हुनेमा सवैभन्दा बढी मोरङका ६ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै सुनसरीका ५ जना, झापाका ३ जना र प्रदेश १ बाहिरका १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विराटनगरको न्यूरो कोभिड अस्पतालमा ४ जना , कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ३–३ जना मेची कोभिठ अस्पताल झापामा २ जना बुढीगंगा गापामा रहेको विराट शिक्षण अस्पतालमा १ जना र होम आइसोलेनसमा २ जना संक्रमितको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५