विराटनगरमा किराँतीहरुले भव्य रुपमा मनाए उभौली पर्व

खबर पूर्वाञ्चल, ३ जेष्ठ २०७९, मंगलवार १६:२८
189
Shares

विराटनगर / विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका प्रकृतिपुजक किराँती समुदायहरुले विविध कार्यक्रम गरी उभौली पर्व मनाएका छन् ।

विशेष गरी महानगर भित्र रहेका राई लिम्बु र याक्खा जातीले आफ्नो धर्म सस्कार सस्कृतीअनुुसार विराटनगरमा रहेका किराँत समुदायहरुले उभौली पर्व मनाएका हुन् ।

विराटनगरका लिम्बु र याक्खाहरुले विराटनगर महानगरपालीका वडा नम्बर १५ स्थित माङखिम मन्दिरमा आफ्नो परम्परा अनुसार प्रकृतीदेउताहरुको पुजापाठ गरी उभौली पर्व मनाएका थिए ।

यसैगरी राई समुदायहरुले विराटनगर ११ पिचरा स्थित साकेला थानमा विविध कार्यक्रम गरी मनाएको छ ।

साकेला थानमा विविधत रुपमा कुलहरुको पुजापाठ गरी उभौली पर्व सुरुवात गरेका थिए । किराँत राई यायोक्खा विराटनगर कमिटिीले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई समेत सहभागी भएका थिए ।

कार्यक्रममा किराँत राई यायोक्खाले महानगर भित्र बसोबास गरेका जेष्ठ नागरिक तथा समाजसेवी युवा नेता वसिम आलामलाई समेत सम्मान गरेको थियो ।

औपचारिक कार्यक्रम पस्चात राईको साकेला सिली र लिम्बुहरुको च्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए । साकेला सिलीमा प्रदेश नम्बर १ मुख्यमन्त्री राई, किराँत राई यायोक्खा महानगरका अध्यक्ष विष्णु राई, सचिव कुन्ता राईलगायत अन्य किराँती समुदायका किशोर किशोरीहरुले सामुहिक रुपमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किराँत जातिहरूले भव्य रूपमा किराती रीतिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच्दै एक महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउदै आएको पाईन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५