खबर पूर्वाञ्चल
आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा धनकुटा नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै विराटनगर महानगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
विराटनगरको जितमा भुवन बस्नेत एक्लैले २ गोल गरे । उनले खेलको ७२ औ र ८८ औ मिनेटमा गोल गरेका थिए । अर्को एक गोल विजय पोखरेलले खेलको ८३ औ मिनेटमा गरे । धनकुटाका लागि एक मात्र सान्तवना गोल दिपेन शाक्यले खेलको ७६औ मिनेटमा गरे । खेलको म्यान अफ द म्याच विराटनगर भुवन बस्नेत नै घोषित भए ।
विराटनगरले अव सेमिफाइनलमा चैत्र १९ गते सुनसरीको धरान उपमहानगरपालिकासंग प्रतिष्पर्धा गर्नेछ । इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेल बुधबार इनरुवा नगरपालिका र दमक नगरपालिका बिच खेल हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख उपविजेतालाई १ लाख पुरस्कारपाउने छन् ।