RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ७१३ संक्रमणमुक्त, ४२७ जनामा संक्रमण देखियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ असार २०७८, बुधबार १८:३२
540
Shares
विराटनगर / पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ ।

प्रदेश १ मा थपिएका ४२७ जना संक्रमित मध्ये सवैभन्दा बढी सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २–२, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरीशनिश्चरेमा ७, उर्लाबारमिा ५, सुन्दरहरैचा र लेटाङमा ४–४, रंगेली र कटहरीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५९ विर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बा¥हदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १–१, ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ । प्रदेश १ मा आज १ हजार ३४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०९ महिला र २१८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा प्रदेश १ मा १२ जना संक्रमितको मत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकको संख्या ११३० पुगेको छ । जस्मा महिला ३३५ र पुरुष ७९५ रहेको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी पाँचथरका ७ जना संक्रमितको मृत्यु भएको छ भने सुनसरीका ३ जनाको मृत्यु भएको छ । त्यस्तै मोरङ र तेह्थुमका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर