animated ellipse animated ellipse

जवरजस्ती करणाी मुद्दामा वडा सदस्य विजय तोलाङ्गी जेल चलान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ पुष २०७९, बिहीबार २०:०८
828
Shares
विराटनगर / बेलबारी नगरपालिकामा वडा सदस्य पुर्पक्षको लागि जेल चलान भएका छन् ।

बेलबारी २ का २६ वर्षीय विजय तोलाङ्गी आज पुर्पक्षको लागि थुनामा जेल चलान भएका हुन् ।

मोरङको २४ वर्षीय एक जना स्टाप नर्सलाई जवरजस्ती करणाी गरेको अभियोगमा मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजाशलले तोलाङ्गीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतको आदेशपछि पुर्पक्षको लागि तोलाङ्ग मोरङ कारागार चलान भएका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका तोलाङ्गी बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन् । उनी नेपाली काँग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

उनले २४ वर्षीय नर्सलाई मोरङको जेफालेमा लगेर साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएकी थिइन् । उजुरी दिएपछि तोलाङ्गी फरार थिए । कानुन व्यवसायीसँग कानुनी सल्लाह लिएपछि उनी २६ मंसिरमा इप्रका बेलबारीमा आफै हाजिर भएका थिए ।

प्रहरीले अनुसन्धान पुरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि बुधबार मोरङ अदालतमा अभियोग दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर