RUMPUM
animated ellipse animated ellipse

कांग्रेसको स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०७८, मंगलवार १८:४४
153
Shares
विराटनगर / नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ ।

कांग्रेसले स्थानीयस्तरदेखि नै संगठन विस्तार, अन्तरक्रिया, भेटघाटलगायतका कार्यक्रमलाई तीव्रता दिएको हो । नेपाली कांग्रेस विराटनगर ११ नम्बर वडा समितिले विभिन्न टोल समिति गठन गरेको छ ।

जसअन्तर्गत आज खगेन्द्र संग्रौलाको नेतृत्वमा भद्रचोक टोल समिति गठन गरेको छ । समितिको उपसभापतिमा सावतीदेवी राजवंशी र लक्ष्मी भट्टराईलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै सीताराम मैनाली र निर्मला दाहाल पोखरेल सचिवमा चयन हुँदा इन्दिरा कटवाल र चन्द्र कार्की सहसचिवमा चयन भए ।

जानुका कोइरालाले कोषाध्यक्षको जिम्मेवारी पाउँदा महेश्वर कोइराला, भवेश्वर दाहाल, मोहन ताम्राकार, शारदा भट्टराई, तारा दाहाल अधिकारी, निलिमा मैनानी, माधवप्रसाद राजवंशी, मनोज राजवंशी र पंचम राजवंशी सदस्यमा चयन भएको वडा सभापति रामसुन्दर राजवंशीले जानकारी दिए ।

भेलाले साहित्यकार कृष्णराज कोइराला, प्राध्यापक भूषण ढुंगेल र बुद्धिजीवि यमनाथ भट्टराईलाई सल्लाहकारमा चयन गरेको छ । हालसम्म वडाभित्रका २२ वटा टोलमा समिति गठन गरिसकेको सभापति राजवंशीले बताए । उनले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउने गरी संगठन विस्तारको अभियानलाई तीव्र पारिएको जानकारी दिए । भेलामा बोल्ने वक्ताले पार्टीबाट निर्वाचित भएर गएका स्थानीय तहका जनप्रतिनिनिधिले वडाको विकासमा बेवास्ता गरेको गुनासो गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर