AArya
RUMPUM
animated ellipse animated ellipse

एक दर्जन हाराहारी व्यक्तिले ज्यान गुमाई सके विराटनगरको ‘किलर’ सडक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०८२, शुक्रबार १२:३२
756
Shares
अनुज सापकोटा
विराटनगर/विराटनगरमा कैंयौं यस्ता सडक छन् जहाँ दुर्घटनाको जोखिम उच्च छ । बरगाछी, ढाट, कञ्चनबारी, रोडशेष जस्ता स्थानमा असंख्य सडक दुर्घटना हुने गरेको छ ।

दुर्घटनामा परेर जनधनको क्षति पनि हुने गरेको छ । तर विराटनगरभित्र नै एउटा यस्तो सडक छ जसले दुर्घटना र हुने हताहतीको संख्यामा रेकर्ड कायम गरेको छ । सोही सडकमा मानिसले दुर्घटनामा परेर सबैभन्दा बढी ज्यान गुमाएका छन् । सो सडकले ‘किलर सडक’ अर्थात ज्यान मार्ने सडकको रूपमा ख्याती कमाउँदै गएको छ । सो सडक प्रयोग गर्ने ११ जना व्यक्तिले दुर्घटनामा ज्यान गुमाएका छन् ।

कोशी राजमार्गको विराटनगरबाट जोगबनी सडकखण्डको लेनबाटोसँगै पूर्वतर्फ जोडिएको विराटनगर –१८ स्थित एकिकृत जाँच चौकी (आइसिपी) सम्म पुग्ने कालोपत्रे सडक ‘किलर सडक’ का रूपमा प्रसिद्धि पाउँदै गएको छ । विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा आइसिपीको निर्माण गरिएको थियो । भारत सरकारले निर्माण गरिदिएको आइसीपीे २ अर्ब १० करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ माघ ७ गते आइसिपीको उद्धाटन गरेका थिए । तर अर्बौको संरचना बनेपनि आइसिपीसम्म पुग्ने सडकको किनारमा विद्युतको पोल जडान गर्ने र सडकलाई बत्तीले झिलीमिली बनाउने कुरामा पुरै बेवास्ता गरियो ।

सडकबाट दैनिक सयौं मालवाहक ट्रकदेखि कार, सिटी सफारी, मोटरसाइकल, साइकल , मानिस ओहरदोहर गर्ने गर्दछन् । तर विडम्बना साढे ३ किलोमिटर हाराहारीको सडकको दुवै किनारमा विजुलीका खम्बा छैनन् । सडकदेखि परको खेतमा भने सिचाईंका लागि विजुलीका केहि थान पोल गाडिएको भेटिन्छ । साँझमा बत्तीबीना सडक पुरै अध्याँरो रहने गरेको छ । साँझ पर्दै गएपछि आइसिपीमा कार्यरत कर्मचारीपनि घर फर्कन सो सडकको प्रयोग गर्न डराउने गरेका छन् । सडकमा विजुली नहुँदा लुटपाट र अपराधिक गिरोहबाट अपराधका घटना घटाईन सक्ने समस्यापनि उत्तिकै रहने गरेको छ ।

सडकमा पोल नहुनु र बत्तीको अभावमा अध्याँरो सडकका कारणपनि दुर्घटना हुने गरेको स्थानीयवासीको ठम्याई छ । स्थानीयवासी, ट्रक चालक र ट्रकका मालिक र आइसिपीका कर्मचारीले आइसिपी प्रशासनलाई विद्युतका लागि बारम्बार ताकेता गरेपछि सो सडकको एक दुई ठाउँमा सौर्य बत्ती जडान गरिएपनि त्यो अपर्याप्त छ । बत्ती जडान गर्न तीन तहकै सरकार उदासीन देखिएका छन् । भारतले नै सडक र आइसिपी निर्माण गरिदिएपनि कसैको ध्यान सडकको किनारमा विद्युतको पोल गाड्ने र सडकलाई उज्यालो बनाउनेतर्फ गएन ।

आइसिपी निकट एक कर्मचारीले नाम नछाप्ने सर्तमा अर्बौको संरचना निर्माण गरिएपनि विद्युतको पोलजस्तो सानो संरचनामा भने कसैको आँखा नपुगेको बताए । उनले सडकमा अत्याधिक दुर्घटना हुने गरेको र दुर्घटनाका कारण ११ व्यक्तिले ज्यान गुमाइसकेको बताए । उनले अझै चेत नखुले दुर्घटना र ज्यान गुमाउने मानिसको संख्यामापनि बढोत्तरी हुँदै जाने बताए ।

विराटनगर महानगरका विद्युत शाखाका प्रमुख ईन्जिनीयर अनिल साहले सडकमा पोल गाड्ने काम नेपाल विद्युत प्राधिकरणको भएको र गाडिएको पोलमा बत्ती झुण्ड्याउने काममात्र आफूहरूको भएको बताए । उनले प्राधिकरणसँगपनि सो लामो सडकमा पोल गाड्न आवश्यक बजेट नभएको बताए । सिंहले पोलका लागि आइसिपीले पहल गर्नु पर्ने तर किन नगरेको हो सो आफूले बुभ्mन नसकेको बताउँदै सल्र्लक प न्छिए । सिंहले बत्ती नहुँदा सडक ज्यानमारा बन्दै गएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर