खबर पूर्वाञ्चल
उक्त“मेनेजमेन्ट क्विज”कलेजमा अध्ययनरत जस्मिन हाउसका विद्यार्थीहरुबाट आयोजना भएको हो । प्रतियोगिता, प्रतिस्पर्धि सात बटा टिम माझ ्भएको हो । प्रत्येक हप्ता इभेन्ट मेनेज गर्ने सिकाउने , कलेजको परम्परालाई आत्मसाथ गर्दै विद्यार्थीहरुले यो कार्यक्रम आयोजना गरिएको हो । व्यवस्थापनविषयसँग सम्बन्धित प्रश्नहरु समेटेर गरिएको कार्यक्रममा अडियो भिजुवल र र्यापिड फायर राउण्ड समेत समावेश गरिएको थियो ।
सातबटा टिम मध्यबाट सयपत्री सेक्सनका प्रतियोगी विद्यार्थी प्रयास बस्नेत, अमित मगर र लोमश सुवेदि प्रथम, पाथीभराका विद्यार्थी सोजल आकाश, सुजीता चौधरी र दिपेश चौधरी द्धितीय र सुनगाभा सेक्सनका विद्यार्थी लक्ष्मण बस्नेत, छायाँ साह र सुजीता यादब तृतीय भएका हुन् ।
विजेता विद्यार्थीलाई क्याम्पस प्रमुखसि.एम. बस्नेत, संयोजक सुरेन्द्र मण्डल र वि.आर.ओ. ईन्द्रप्रसाद घिमिरेले मेडल तथा सर्टिफिकेट हस्तान्तरण गरे ।