animated ellipse animated ellipse

गुरुकुलमा ‘सत्य हरिश्चन्द्र’ मञ्चन हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ चैत्र २०८०, शनिबार १८:११
234
Shares
विराटनगर/ आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ ।

सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो । आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाईकेदार सत्यालले नेपालीमा भावानुवाद गरेका हुन् । सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ ।

नाटकको मूल विषय राजा हरिश्चन्द्रको इमान्दारिता र सत्यको परिक्षा हो । नाटकमा रविन चिमरिया, सविन भट्टराई, सागर विश्वास, प्रदिप दाहाल, दिक्षा चौधरी लगायतको अभिनय छ । दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गरिने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर