मनकारी युवाहरुको सहयोग अभियान

खबर पूर्वाञ्चल, ११ असार २०७८, शुक्रबार १७:१५

विराटनगर/ कोभिड १९ को दोस्रो लहरका कारण हातमुख जोर्न समस्यामा परेका सुनबर्षी नगर र आसपासका विपन्न परिवारलाइ मनकारी युवाहरुको समुहले सहयोग गर्दै आएका छन् ।

सुनबर्षी सहयोग अभियान भन्ने नाराकासाथ शुरु भएको दैनिक उपभोग्य सामग्री हाल सम्म एकसय भन्दा बढी घरधुरीले सहयोग पाई सकेको युवा अभियान्ता ईं. कम्लेस ठाकुरले बताए ।

शुरुमा तीन जनाको इच्छा शक्तिबाट अगाडी बढेको यो अभियानमा विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट पनि सहयोग थपिएको ठाकुरले बताए । फरक क्षमता भएका तथा गरिव विपन्न परिवारको घरदैलोमै पुगेर चामल ,दाल , तेललगायतका दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको जनाइएको छ ।

यस अभियानमा ई. ठाकुर, वीरेन्द साह , धिरेन्द्र साह अनि सन्तोष वास्तोला सक्रीय भएर लागेका छन् । हालसम्म करिब पौने दुई लाख बराबरको सहयोग वितरण भएको अभियन्ता ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५