AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्यानडाले दियो नेपाललाई ८१ रनको सामान्य विजय लक्ष्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७८, सोमबार १७:०९
153
Shares
विराटनगर / आईसीसी टी–२० विश्वकप छनोट ग्लोवल क्यालिफायरमा क्यानडाले नेपाललाई ८१ रनको सामान्य विजय लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा सवै विकेट गमाई ८० रनमै सिमित भयो ।

क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट र अविनाश बोहोरा र कमलसिंह ऐरीले २–२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए ।

क्यानडाकाकागि डिलोन हेलिगर ले २२ बलमा सर्वाधिक २४ रनको अविजित पारी खेले । सलमान नजरले १० रन जोड्दा रायन उठानले १४ रन र कप्तान नधबनित धालीवालले १८ रनको योगदान दिए ।

यो खेलमा जित हासिल गरेको अवस्थामा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट आयरल्याण्ड र युएई क्रमसः समूह विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् । समूह विजेता भएमा नेपालले फाइनल प्रवेशका लागि युएईसँग खेल्नुपने्ृछ । यो समूहबाट फाइनलिष्ट दुई टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप पहिलो चरणको खेलमा छनौट हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर