खबर पूर्वाञ्चल
आज भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले पराजित गर्दै नरपथगञ्ज विजयी भएको हो ।
पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १ सय २५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशवलम ४ बलमा ६ विकेट गुमाई लक्ष्य पुरा गर्यो । नरपथगञ्जका रवि रोयले ४० रन बनाउँदा भानु आनन्दले ३३ रन र अमर चौधरीले २० रनको योगदान दिए ।
आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा १७ दशवलम ४ बलमा सवै विकेट गुमाई १ सय २४ रनमा समिति भयो । आर्मीका हरी चौहानले ६३ रन बनाउँदा राजेश पुलामीले ३४ रनको योगदान गरे ।
नरपथगञ्जका म्यान अफ द म्याच श्रवन वर्माले ४ विकेट लिँदा रबडा कुमारले २ विकेट लिए । आमाीले अधिकाँश नेपाली राष्ट्रिय टोलीका खेलाडी समावेश गरेको छ ।
दोस्रो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले पराजित गर्दै विभागीय टिम एपीएफ विजयी भएको छ ।
१ सय १६ रनको विजय लक्ष्य पछ्याएको एसपीएफले १७ दशवलम ३ बलमा ६ विकेटको क्षतिमा पुरा गर्यो । एपीएफका पुरन विकले २७ रन बनाउँदा अरुणले २६ रनको योगदान दिए । वाइआरसीसीका कमल खत्री, हर्षले समान २–२ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको वाइआरसिसीले १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय १५ रनमा समेटियो । वाइआरसिसीका हर्षले सर्वाधिक ४४ रनको योगदान दिए ।
एपीएफका पुरन विकले विकेट ४ लिँदा अमरसिंह सौटेलाले ३ विकेट लिए । सिंह खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
लिक कम नकआउटको आधारमा भएको प्रतियोगितामा मंगलबारको पहिलो खेल वाइआरसिसी र आर्मीबीच हुनेछ । दोस्रो खेल एपीएफ र नरपथञ्च बिच हुनेछ ।
वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ६० हजार मूल्य बराबरको क्रिकेट किड्स पाउनेछ ।
नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागि छ ।
तपाईको प्रतिक्रिया