AArya
RUMPUM
animated ellipse animated ellipse

बलात्कार प्रयासको आरोपमा विराटनगरका निर्माण व्यवसायी न्यौपाने पक्राउ, अदालतमा भयो मुद्दा दायर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०८३, बिहीबार १८:३९
3
Shares
विराटनगर / १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका निर्माण व्यवसायी राजमणि न्यौपानेविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

विराटनगर–५ सम्झना टोलका ५८ वर्षीय न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मोरङ प्रहरीले आज ‘जबरजस्ती करणी उद्योग’मा अभियोगपत्र दर्ता गरेको हो ।

निर्माण व्यवसायी संघ मोरङका पूर्वमहासचिवसमेत रहेका न्यौपानेले भदौ २६ गते विराटनगर–४ स्थित नोबेल अस्पतालअगाडिको एक होटलमा लगेर १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोगपत्रमा उल्लेख छ । घटनाको भोलिपल्ट भदौ २७ मा किशोरीले दिएको जाहेरीका आधारमा प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो ।

मोरङ प्रहरीले अनुसन्धान पूरा गरी बुधबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको हो ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यौपानेको शुक्रबार बयान लिइनेछ । बयान सकिएपछि सोही दिन थुनछेक बहस हुनेछ । बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी अथवा साधारण तारेखमा राख्ने विषयमा आदेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर