खबर पूर्वाञ्चल
विराटनगरको जुट मिल्सको खेलमैदानमा आज भएको प्रतियोगितामा साइनोले गाईघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले पराजित ग¥यो । जितसँगै साइनोले चैत १० गते हुने धरान सिटी फुटबल एकेडेमी सुनसरी र शताक्षधीमा स्पोर्ट्स क्बल झापाको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको गोल्डकपमा दोस्रो दिनको खेलको सुरूवातमा एकपक्षीय खेल पस्किएको साइनोले खेल सुरू भएको ८ औं मिनेटमा गिल्सन कन्दङबाले गोल गरि खाता खोल्न सफल भए । कैलास बस्नेतले मिलाइदिएको क्रस पासलाई गिलसनले सानदार गोल गरेका थिए । खेलको पहिलो हापसम्म दबाबमा राखेको साइनोले पहिलो गोल गरेको ६ मिनेट बित्न नपाउँदै साइनोका गिलसनले पुनः १५ मिनेटमा दोस्रो गोल गरि टिमलाई अग्रता दिलाए । सुशन तामाङ्गले निकालिदिएको पास गिलसनले वान भर्सेस वानको प्रहार जाली चुम्यो ।
साइनोले दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै खेलको १८ औं मिनेटमा गाइघाटका रविशंकर चौधरीले डिवक्स भित्रदेखि गरेको प्रहार गोलमा परिणत भयो । पहिलो हाफसम्म २–१ गोलले साइनकोले अग्रता कायम ग¥यो ।
दोस्रो हाफदेखि सुधारेको प्रर्दशन गरेका गाइघाटले गोल गर्ने सुन्दर अवसरहरू खेर फाल्दा पराजित भयो । गाइघाटले खेलअवधी भरी सान्तवना एक मात्र गोल ग¥यो । खेलको अन्तिममा गाइघाटका खेलाडी समालिन नसक्दाको फाइदा उठाउँदै साइनोका जीवन धामीले ८० औं मिनेटमा डिबक्स बाहिर देखि गरेको प्रहार गोलमा परिणत हुदै टिमको जित सुनिश्चित बनाए । खेलको म्यान अफ दी म्याच साइनोको तर्फबाट खेलअवधी भरी दुई गोल गर्ने गिलिसिन कन्दङबा घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । सोमबारको खेल १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र एलेभेन एरोज क्बल दुहबी सुनसरी बिच प्रतिस्पर्धा हुनेछ ।
चैत १४ गतेसम्म हुने प्रतियोगितामा प्रदेशभरीका ८ टिमको सहभागि रहेको ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँका प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया