थुनुवाको मृत्युपछि तीन सदस्यीय छानबिन कमिटि गठन

खबर पूर्वाञ्चल, २७ जेष्ठ २०७९, शुक्रबार १८:५९
1.57k
Shares
विराटनगर/ ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी मोरङ केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मत्ृयु भएपछि छानविन कमिटि गठन भएको छ ।

उपचारको क्रममा ठकुरीको कोशी अस्पतालमा मृत्यु भएपछि शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाको संयोजत्वमा तीन सदस्य छानविन कमिटि गठन भएको हो ।

समितिको अन्य सदस्यहरूमा केराबारी गाउँपालिका २ का वडाअध्यक्ष प्रेमबहादुर लिम्बु र मोरङ प्रहरीको प्रहरी निरीक्षक मोहन पोखरेलसहितको तीन सदस्यी छानविन कमिटि गठन भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालले जानकारी दिए ।

छानविन समितिले सुष्म रुपमा अनुसन्धन गरेपछि त्यस प्रतिवेदनको आधारमा थप प्रक्रिया अगाडी बढाउने एसपी कोइरालले बताए । ‘ प्रहरीको कमी कम्जोरीको कारणले थुनुवाको मृत्यु भएको छानविन समितिको प्रतिवेदनले देखायो भने प्रहरी कारवाहीको भागिदार बन्नेछ,’ एसपी कोइरालले भने, ‘घटनाको यर्थात बुझन छानविन कमिटि गठन गरेको हो ।’ छानविन समितिले अनुसन्धान पुरा गरेपछि एक साता भित्रमा प्रतिवेदन बुझाउनेछौ ।

छलफलमा मृतकका आफन्तलाई आर्थिक सहयातको लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धी गाउँपालिकालाई क्षतिपूर्ती दिन पनि पहल गर्ने सहमति गरेको छ । सहमति पति मृतकका आफन्तले पोस्मार्टम पछि शव बुझने सहमति भएको हो ।

जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

ठकुरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले ६ महिनाअगाडि पक्राउ गरेको थियो । श्रीमतीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा उनी पक्राउ परेका थिए ।

सकुन्तलामाथि आक्रमण भएको घटना २०७८ माघको हो । त्यसबेला प्रहरीले पक्राउ गरेपछि ठकुरीलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएका कारण पछि उपस्थित गराउने शर्तमा उनलाई माघ ४ गते हाजिर जमानीमा छाडिएको थियो ।

आफन्तको रोहबरमा उनलाई प्रहरीले आफन्तको जिम्मा लगाएको थियो । त्यसपछि उनी आफन्तकै रोहबरमा श्रीमतीसँग सहमतिमै घरमा बस्न थालेका थिए ।

तर, इलाका प्रहरी कार्यालय बेलबारीले ६ महिनापछि पुनः अदालतमा उपस्थित गराउनुपर्ने भन्दै मंगलबार घरबाटै ठकुरीलाई पक्राउ गरेको थियो । प्रहरीले बिरामी अवस्थामै उनलाई अदालतमा उपस्थित गराउन लगेको थियो । नजिकैको सामुदायिक अस्पातलमा सामान्य उपचार गरेर उनलाई प्रहरी हिरासतमा राखिएको थियो ।

तर बिहीबार इलाका प्रहरी कार्यालयकै गाडीमा अदालतमा उपस्थित गराउनका लागि जिल्ला अदालत कार्यालय मोरङमा लगिएको थियो । ‘अदालत लैजाने क्रममा अदालत परिसरभित्रै प्रतिवादी बेहोस भए,’ मोरङ प्रहरी प्रमुख एसपी कोइरालले भने, ‘प्रहरीकै निगरानीमा रहेका ठकुरीले मुखबाट सेतो फिँज निकाल्न थालेपछि उनलाई उपचारको लागि कोसी अस्पताल लगिएको थियो ।’ उपचारको क्रममा ठकुरीको मृत्यु भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५