गुरुकुलमा जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला

खबर पूर्वाञ्चल, १८ मंसिर २०७८, शनिबार २०:४४

विराटनगर / विराट आदर्श साहित्य मञ्चको आयोजनामा आज विराटनगरमा जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न भएको छ ।

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा तीन पुस्ताका साहित्यकारले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । अग्रज कविसमेत रहेका प्राज्ञ विवश पोखरेल, गजलकार विवश बलिभद्र कोइराला र दीपा वाग्लेले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार इन्द्र राई, भुवन नेपाललगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक मीनकुमार नवोदित, अध्यक्ष कटवाल दीपक, सल्लाहकार हेमन्त निरौलालगायतले मञ्चले विगतदेखि वर्तमानसम्म गरेका कार्यका विषयमा प्रकाश पारे । साहित्य, कला र संगीतमार्फत युवाहरुलाई सिर्जना कर्ममा आकर्षित गर्ने उद्देश्यले स्थापित मञ्चले आउँदो पुस पहिलो हप्तादेखि विराटनगरमा ‘खरानीको डोरी’ नाटक मञ्चन गर्दैछ । यसअघि मञ्चले मुनामदन र छिंडीभरिको आकाश नाटक मञ्चन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५