AArya
RUMPUM
animated ellipse animated ellipse

प्रहरी प्रशासनले घटना लुकाउन ठूलो चलखेल गरेको निकेशकुमारको परिवारको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७८, सोमबार १७:५८
378
Shares
विराटनगर / सुनसरीको बर्जु–२ रामगञ्ज बेलजछियाका २० वर्षीय निकेशकुमार रायको हत्या भएको परिवारले बताएको छ । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनको हत्या भएको परिवारले बताएको हो ।

उनको गत कात्तिक २० गते विराटनगर–१६ स्थित टिकुलिया बस्तीको खादम पुलनजिक शव भेटिएको थियो । हत्या गरि शव फालेको र सो कार्यमा सोही गाउँपालिका बस्ने छिमिकी मिथिलेश , गौतम राय र वडा नं ३ वस्ने कोमल विश्वकर्माले हत्या गरेकोले हुनाले पक्राउ गरी आवश्यक अनुसन्धान गर्नुपर्ने परिवारले माग गरेको छ । १० वर्षदेखि भारतमा रहँदै आएका निकेश घटनाको केही दिनअघि मात्रै घर आएका थिए ।

छोराको हत्या गर्नेलाई प्रहरीले चार महिना वितिसक्दा पनि अहिलेसम्म पक्राउ नगरेको आमा सिता देवीले आँशु चुहाँउदै गुनासो पोखिन । आमा सिताले ११ कक्षा उत्र्तीण गरेको छोरा निकेश भारतमा १० बर्ष मजदुरी गरी कात्तिक १७ घर फर्केको र साथी विश्वकर्माले घुम्न जाँउ भनी साईकलमा लगेकामा तीन जनाको मिलोमतो हत्या गरेको आरोप लगाउँदै किटानी जाहेरी दिँदासमेत इलाका प्रहरी कार्यालय रानीले घटनाका बारेका बेवास्ता गरेको मृतक रायकी आमा सीतादेवीले बताइन् । प्रहरी प्रशासनले घटना लुकाउन ठूलो चलखेल गरेको उनीहरूले बताएका छन् । तीन जनाको नामै किटान गरेर जाहेरी दिँदासमेत हालसम्म कुनै किसिमको अनुसन्धान नभएको उनको भनाइ छ ।

बुवा रामपित रायको आँखा रसाउँदै आफ्नो छिमिकी रहेका दुवै रायसंग विगतमा झगडा भएको र छोरालाई धम्काएको हुनाले उनीहरुले हत्या गरेको हुनभन्दै अविलम्व पक्राउ गरि कारवाही गर्न दुःखेसो सुनाए ।
उनले छोरा निकेशको शव प्रकृति हेर्दा चोटपटक लागेको, नाकवाट रगत निस्किएको र जिउँमा छुरा प्रहार भएको देखिएको हुनाले हत्या भएकोले आरोपी तीनजनालाई पक्राउ गर्नु पर्ने बताए ।

पीडित परिवारले अहिलेसम्म तीन पटक पत्रकार सम्मलन गरिसकेका छन् । कोशी अस्पतालको पोष्टमार्टम प्रतिवेदनमा निकेशले लागु पदार्थको अध्याधिक प्रयोगबाट मृत्यु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर