खबर पूर्वाञ्चल
पाँचथरमा हेवा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आइतबार बिहानबाट राजमार्ग अवरुद्ध भएको थियो । पानी घटेका कारण यातायात सुचारु गर्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार मेची राजमार्गसँगै मध्यपहाडी लोकमार्ग र तमोर करिडोरसहित देशका मुख्य राजमार्गको ६ स्थानमा बाढी– पहिरोका कारण अवरुद्ध छ ।
पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् । कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले आज बिहान अध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।