मोरङ ६ मा कटुवालको चुनावी अभियान तीब्र

खबर पूर्वाञ्चल, २० कार्तिक २०७९, आईतवार १८:२४
846
Shares
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएको छ । मोरङको क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा ‘हलो’ चुनाव चिन्ह लिएर उम्मेदवार भएका गोपाल क्षेत्री (कटुवाल) यतिबेला आक्रमक रूपमा चुनावी मैदानमा जुटेकी छन् । उनी यति बेला क्षेत्र नं ६ मा जोडतोडले चुनावी अभियानमा होमिरहेका छन् ।

उनले यतिबेला आफूसँग चुनावमा प्रतिस्पर्धा गर्न लायक नेताहरु नभएको बताए । राप्रपाका नेता तथा कार्यकर्ताले यतिबेला सशक्तरुपमा जनताको घरदैलोमा पुुगेर आफ्नो चुनाव प्रचार प्रसारलाई सशक्त बनाइरहेका छन् । मतदाताहरुको स्वस्फूर्त उपस्थितिले योबेला राप्रपा नेता कार्यकर्ताहमा उत्साहपूर्ण वातावरणको माहोल बनिरहेको छ । मोरङको क्षेत्र नं. ६ सुुरु भएको घरदैलो कार्यक्रमलाई राप्रकाका उम्मेदवार कटुवालले आक्रमक रुपमा आफ्नो एजेन्डा सुनाउँदै मतदाताको घरमा पुग्ने गरेका छन् ।

यतिबेला मतदातामा को राम्रो, को सक्षम, कसले कति सामाजिक काम गरेको छ भनेर चर्चा परिचर्चा समेत हुने गरेको छ । उनले १३ बुद्धे चुनावी प्रतिवद्धता पत्र लिएर मतदाताको घरमा पुग्ने गरेका छन् । उनले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सुकम्बासी समस्या र डुवान क्षेत्रको पहिचान गरी समस्या सावधान गर्ने, बुढी खोला, गछिया खोलाको तटबन्धन गरी यी क्षेत्रलाई सुरक्षीत गर्ने, कृषीलाई आधुनिकरण गरी कृषिमा बजारिकरण बिचौलियाबाट सुरक्षीत राख्नेलगायतको चुनावी प्रतिवद्धा राख्दै मतदाताको घरमा पुग्ने गरेका छन् । त्यसकारण यो पटक राप्रपाले मोरङ क्षेत्र न.। ६ मा चुनाव जितेर इतिहास रच्ने सम्भावना रहेको उनले बताए ।
मोरङ क्षेत्र नं. ६(१) मा हिरा भट्टराई र ६ (२) मा राजेश कुमार मास्के उठेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५