प्रदेश र स्थानीय सरकारको एउटै लक्ष्य भनेको नयाँ नेपाल निर्माण गर्नु हो– मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, १८ चैत्र २०७७, बुधबार १७:११

विराटनगर / नगरपालिकाहरुले वैज्ञानिक मापदण्डको आधारमा अवधिक योजना तर्जुमा गरि कार्य गर्नु पर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज विराटनगरमा नगर विकास कोषले आयोजित ‘ऋण लगानीमा पूर्वाधार/समृद्ध नेपालको आधार ’ नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले कृषि , पर्यटन , उद्योग, खेलकूद, सामाजिक र आर्थिक क्षेत्रमा गरेको कार्यका सम्बन्धमा समीक्षा गरि जनतालाई प्रष्ट जानकारी दिनु पर्नेमा जोड दिए ।

कोषले नगरपालिकाको संस्थागत आर्थिक अभिवृद्धि र पूर्वाधार विकास क्षेत्र लगायतमा गरेको दीगोपनका लागि श्रोत व्यवस्थापन उपलव्धी मूलक रहेको मुख्यमन्त्री राईले बताए । उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको एउटै लक्ष्य भनेको नयाँ नेपाल निर्माण गर्नु रहेको बताउँदै प्रदेश सरकार योजनावद्ध ढंङ्गबाट आधुनिकरुपले सुन्दर प्रदेश नेपाल निर्माणका लागि नगरपालिकासँग साझेदारीरुपमा कार्य गर्ने बताए ।
ढल, बाटोलगायतका अन्य पूर्वाधारमा निर्माण योजनावद्ध ढंगले निर्माण नभएकोले हाल समस्या उत्पन्न भएको गुनासो रहेको मुख्यमन्त्री राईले व्यक्त गरे । प्रदेश सरकारले १८ पालिका समेटेर ‘वृहत विराट क्षेत्र’ कार्यलाई आगाडि वढाएको जानकारी दिदै मुख्यमन्त्री राईले यसवाट यी क्षेत्रको शहरी विकास हुनुका साथैका पर्यटन, खेलकूद क्षेत्रको उचाई वढाउन सहयोग पुग्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकालाई नयाँ शहर विकास अभियानमा कोषको सहयोगले अगाडि वढाउने बताउदै शहरीकरणलाई व्यवस्थित गर्न कोषको आर्थिक र प्राविधिक सरहानीय रहेको बताए ।

नेपाल नगरपालिकाका सङ्घका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख अशोककुमार व्यञ्जु श्रेष्ठले २९३ नगरपालिका क्षेत्रमा ६४ प्रतिशत नागरिकको बसोवास रहेकोले आर्थिक रुपान्तरण क्षेत्रमा ऋण लिएमा कोषलाई सवलीकरण गर्नुका साथै रोजगार र समृद्ध कायम हुने बताए ।
कोषका सञ्चालक समिति सदस्य एवं दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले पालिका सक्षम भएमा राज्यले समृद्ध हासिल गर्ने विश्वास व्यक्त गर्दै कोषले आयमुलक योजना क्षेत्रमा कार्य गर्नुपर्नेमा जोड दिइन् ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सङ्घीयतालाई वलियो बनाउन जनप्रतिनिधिहरुले गरेको योगदानको प्रशंसा व्यक्त गर्दै गाउँपालिका क्षेत्रमा कोषले आगामी दिनमा कार्य क्षेत्र वढाउने जानकारी दिए ।

नगर विकास कोषले शहरी खानेपानी तथा सरसफाई आयोजना, मझौला शहर ,एकीकृत शहरी वातावरण सुधार आयोजना, सह लगानी(खानपानी) आयोजना, शहरी पूर्वाधार विकास आयोजना ,तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना, नगर विकास कार्यक्रम दोश्रो तेस्रो चरण र एकीकृत शहरी पूर्वाधार आयोजनामा कार्य गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५