AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माघ महिना सर्वोत्कृष्ट प्रहरी प्रहरी हवल्दार गुणराध अधिकारी घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०८१, मंगलवार १८:४४
54
Shares
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अपराध अनुसन्धानमा अब्बल रहेका प्रहरी हवल्दार अधिकारीले जघन्य अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गरि कानुनी दायारमा ल्याउन सफल भएका थिए ।

‘माघ १८ गते मोरङ विराटनगर–५ विशाल चौक कलेरुवा टोलका सरयुग मण्डलको नातिनी देश भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका २०÷२५ दिन अगाडि देखि मावली घर आई बस्दै आएकिमा उनलाई ८÷१० दिन अगाडि देखि नदेखिएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी हवल्दार अधिकारीले उक्त घटनाको सूक्ष्म रूपमा अनुसन्धान गरेका थिए ।

माघ १८ गते बालिकाको शव मावली हजुरवुवाको घर छेउमा खाडल खनी गाडेको अवस्थामा फेला पारी घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम राख्न अहम भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी हवल्दारबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो,’ प्रदेश प्रहरीले जारी गरेको सुचनामा उल्लेखछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर