AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका उद्योगी राजेन्द्र राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०७९, बिहीबार १८:५५
216
Shares
विराटनगर / विराटनगरका उद्योगी राजेन्द्र राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।संघको १६ औँ विशेष साधारण सभाले राउतको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको सचिवमा जीवनाथ दाहाल चयन भएका छन् भने सदस्यहरूमा अरुणकुमार साह, महेन्द्रलाल दास, मुनाकुमारी कटुवाल, जमानसिंह बस्नेत, रामकुमार चौधरी, रुद्र बहादुर खत्री, द्वारिका बस्नेत, शंकरबहादुर कटुवाल, वंशीधर न्यौपाने, एक लाख हुसेन, आनन्दकुमार महासेठ, प्रताप श्रेष्ठ, शैलेस कार्की, पदमराज कायस्थ, शत्रुधन कार्की, मोहनकुमार कार्की, नुडुल हुसेन , दिनेशवर साह, र निर्मला कार्की चयन भएका छन् ।

राउत सर्वसम्मत अध्यक्ष बनेका हुन । उनी दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । प्रदेश अध्यक्षको तयारी गरिरहेका छन् । संघको विधानमा प्रदेशको अध्यक्ष हुनका लागि जिल्ला अध्यक्ष हुनु पर्ने व्यवस्था रहेको छ ।
उदयपुरको कटारीमा पनि उनको उद्योग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर