RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १७ जनामा कोरोना संक्रमित पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ७ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०७७, बुधबार २०:२०
3
Shares
विराटनगर / प्रदेश १ मा आज थप १७ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।

मोरङमा ३, झापामा ७,सुनसरीमा, ताप्लेजुङ र इलाममा २–२ तथा ते¥हथुममा १, जनामा संक्रमण देखिएको हो ।

सामाजिकविकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा १ पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीमा २ पुरुष, ते¥हथुमको लालीगुराँसमा १ पुरुष, ताप्लेजुङको फुङलिङमा १ महिला, १ पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर