पूर्वाञ्चल खबर
२५ बर्षीय छोरा सुनिल टुडुले ७० बर्षीय बुबा साईला टुडुलाई कुटपिट गर्दा ज्यान गएको हो ।
सोमवार राती साँढे ११ छोरा सुनिलले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका विभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा घाईते भएका साइलालाई उपचारको लागी स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकी थप उपचारकालागि सुविधा सम्पन्न अस्पतालमा लैजानु भनी भनेता पनि आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको भनी जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कुटपिट गर्ने सुनिललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।