RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश क्रिकेट ट्रफिको आज अनावरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०८०, सोमबार १७:३३
351
Shares
विराटनगर / भोलीदेखि विराटनगरमा शुरु हुने कोशी प्रदेश क्रिकेट ट्रफिको आज अनावरण गरिएको छ ।
विराटनगरको वैजनाथपुरमा रहेकोे गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने प्रतियोगिताको ट्रफि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक कार्यक्रमकाविच गरेका छन् ।

मुख्यमन्त्री कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताबाट प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । उनले क्रिकेटको पहिचानको रुपमा रहेको सो रङ्शाला यस क्षेत्रमा निर्माण हुनु खुशी एवं गौरवको कुरा रहेको भन्दै प्रतियोगिता सञ्चालनबाट रङशालाका सम्पूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए ।

मुख्यमन्त्री कार्की प्रदेश सरकार खेल क्षेत्रलाई ‘ युवामैत्री’को रुपमा खेललाई आगाडि वढाउने र रोजगारसँग जोडिन कार्य गरिरहेको समेत बताए ।

मोरङ जिल्ला क्रिकट संघका अध्यक्ष मोहम्मद साद कुरैसी(वावु)ले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रका युवाहरुलाई क्रिकेटप्रति आकर्षण वृद्धि गर्नुका साथै राष्ट्रियस्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्र्तराष्ट्रिय रंगशाला हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टीमको सहभागिता रहने अध्यक्ष कुरैसीले जानकारी दिए । प्रतियोगितामा बिजेता हुने टीमलाई ५ लाख तथा उपविजेतालाई ३ लाख पुरस्कारसहित ट्रफि हात पार्ने छ ।

यसैगरी प्रतियोगितामा सम्पन्न गर्न करिव ७५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता लिगको आधारमा हुनेछ । प्रतियोगिता अन्तर्गत दैनिक दुई खेल हुने छ भने यसवाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिताका लागि खेलाडी आउने क्रममा जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर