खबर पूर्वाञ्चल
कोशी गाउँपालिका वडा नं. ७ हरिपुरका किसानलाई प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले कृषि सामाग्री हस्तान्तरण गरेका हुन् । मन्त्री कुसियतको पहलमा मकै ब्लक सञ्चालक समितिलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।
कृषि ज्ञान केन्द्र सुनसरीले प्रधानमन्त्री कृषि आधुनिकरण ब्लक परियोजनाको सहयोगमा हरिपुरमा मकै ब्लक कार्यक्रम सञ्चालित छ । मकै ब्लकका १ सय किसानले हरिपुरको १ सय हेक्टर क्षेत्रफलमा कृषि सामाग्री प्रयोग गर्ने बताईएको छ ।
वितरण गरिएको मेसिनरी सामानमा ७५ प्रतिशत अनुदान, एउटा ट्रयाक्टरमा ५० प्रतिशत छुट रहेको छ । किसानलाई १ सय थान त्रिपाल, १ सय थान कोदालो, १ सय थान स्प्रे मसिन, १५ वटा पम्प सेट, २५ थान बोरिङ, कीटनासक औषधि, जैविक मलहरु पनि वितरण गरिएको छ ।