AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपतीले संविधान नमान्दा नागरिकता विद्येक पास भएन : डा.कोईराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७९, आईतवार १६:३७
63
Shares
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राष्ट्रपतीको कारण नागरिता विद्येक पास नहुदा नागरिक योग्य सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नुपरेको पिडा पोखेका छन् ।

चुनाउ प्रचार प्रसारका क्रममा विराटनगर ११ आज पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. कोईराला समक्ष स्थानीयले पिडा पोखेका हुन् ।

सर्वसाधारणको प्रश्नमा मोरङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. कोईरालाले राष्टपतीले संविधान नमान्दा नागरिकता विद्येक पास नभएको जवाफ दिएका छन् ।

सभालाई संम्बोधन गर्दै नेता कोईरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विद्येक पास नगरेर राष्टपतीले संविधान उल्लंघन गरेको आरोप लगाए । मंसिर ४ को निर्वाचन पछी बन्ने यो यहि गठबन्धन सरकारले नागरिकता विद्येक पास गर्ने बताए । उनले भने, मैले जिते भने सदनमा पुगेर नागरिकता विद्येक पास गराउन सहयोग गर्छु ,।

स्थानीयले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेपछी उनीहरुको जवाफ दिने क्रममा नेता कोईरालाले गठबन्धनको नेतृत्वले चुनाउ जिते नागरिकता विद्येक पास गर्न सहयोग गर्ने बचन दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर