AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रतुवामाई नगरपालिकाले एक करोड १० लाखका कृषि उपकरण किसानलाई वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ जेष्ठ २०८२, बुधबार २०:२४
81
Shares
विराटनगर / मोरङको रतुवामाई नगरपालिकाले एक करोड १० लाख मुल्य वरावरको कृषि औजारहरु किसानलाई वितरण गरेको छ ।

रतुवामाई नगरपालिका –७ मा आज आयोजित एक समारोहमा पालिकाको ५० प्रतिशत अनुदान तथा किसानहरुको ५० प्रतिशत साझेदारीमा कृषि उपकरण वितरण गरेको हो ।

पालिकाको १० वटा वडाका १६० कृषक समुह तथा कृषि फर्महरुलाई कृषि औजार तथा उपकरण वितरण गरको हो । पालिकाले कृषिमा प्रयोग हुने १५० थान च्यापकटर मेशिन, २० थान स्प्रेटेंकी, ११२ थान मकै छोडाउने मेशिन, १६५ थान मकै रोप्ने मेशिन वितरण गरेको हो ।

पालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वरुप्रसाद वरालले किसानहरुलाई उपकरण वितरण गरे । पालिकाको कृषि यान्त्रिकरण प्रबद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई कृषि उपकरण वितरण गरिएको हो ।

सो पालिकाका अधिकांश मानिस कृषिमा आधारित भएकाले कृषिमा व्यवसायीकरण गर्न तथा कृषि उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सहज होस भन्ने उद्देश्यले कृषि उपकरण वितरण गरिएको पालिकका प्रमुख सिंहले वताए ।

करोडौ मुल्यपर्ने उपकरण वितरणले कृषिको आधुनिकीकरण तथा यान्त्रिकरणममा सहयोग पुग्ने पालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर