animated ellipse animated ellipse

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ असार २०७७, सोमबार २०:०४
3
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिए ।

संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले आयोजना गरेको श्रष्टा सम्मान तथा पुरस्कार सर्मपण समारोहमो साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश १ सरकारले एकाडेमी बनाउने तयारी शुरु गरेको मुख्यमन्त्री राईले बताए । साहित्य, कला, संस्कृतिको संरक्षण हुन नसके नेपालीपन हराएर जाने उनले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली भाषा संकटमा रहेको बताए । नेपाली भाषा प्रयोग गर्नेको संख्या अहिले ३० प्रतिशत घटेको उनको भनाई छ । अहिले नै भाषा, साहित्यको संरक्षण र विकास नगरे भावि सन्ततिमा नेपाली भाषाको प्रयोग अझै घट्ने मन्त्री घिमिरेले बताए । नेपाली भाषा माथि चुनौति रहेकाले यसको विकास र संरक्षण आवस्यक रहेकोमा उनले जोड दिनुभयो । मन्त्री घिमिरेले भने,‘ नेपाली भाषासँगै प्रदेश १ मा बोलिने १ सय ४ वटा भाषा पनि संकटमा छन् ।’ मातृभाषा, संस्कृति र संस्कार संकटमा पर्दै गएकाले यसको संरक्षणमा मन्त्री घिमिरेले जोड दिए ।

कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्राज्ञ खेम नेपाली, साहित्यकार मुनाराम शेर्मा लगायतले आदिकवि भानुभक्त आचार्यको स्मरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर