RUMPUM
animated ellipse animated ellipse

जनताको वलिदानबाट आएको प्रजातन्त्रको रक्षा हामी सबैले गर्न आवश्यक छ :मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०८०, सोमबार १८:३३
117
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो वलिदानबाट आएको प्रजातन्त्रको रक्षा हामीसबैले गर्न आवश्यक रहेको बताएका छन् ।

कोशी प्रदेश सरकार ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालय परिसरमा आज आयोजित समारोहमा उनले प्रजातन्त्र प्राप्तिका कारण जनताले आफ्नो हक अधिकार र स्वतन्त्रता प्राप्त गरेको बताए ।

मुख्यमन्त्री कार्की संघीय लोकतान्त्रिक गणतन्त्रको जग विस २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन,जनताको आवश्यकता र आकांक्षालाई मूर्त रुप दिनु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले संघीय गणतन्त्र व्यवस्था विश्वको उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै यसको सफल कार्यान्वयन गर्न जनताप्रति उत्तरदायी हुनु जरुरी रहेको बताए । उनले प्रदेश सरकार जनताको हो भन्ने अनुभूति गराउन गरीव छात्रछात्रालाई दक्षजनशक्ति निर्माण गर्न निःशुल्क छात्रवृत्तिको कार्यक्रम कार्यान्वयन शुरु गरेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर