ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

खबर पूर्वाञ्चल, ७ माघ २०७९, शनिबार १६:०२
198
Shares

विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको ग्रेडेड बोर्डिङ स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले विज्ञान र चित्रकला प्रर्दशनीमा उनीहरूले विभिन्न बस्तु प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले स्मार्ट सिटी, वाटर फाउन्डेसन,

सोलरबत्तीलगायतका एक दर्जन बढी बस्तुहरू प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले बनाएको कलात्मक चित्रहरू पनि प्रर्दशनीमा राखियो । विद्यार्थीहरूले राष्ट्रिय जनवारदेखि, राष्ट्रिय फुललगायतका विभिन्न बस्तुहरुको चित्र बनाएर प्रर्दशनीमा राखेका थिए ।

सोही अवसरमा विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरी थप रमाईलो गरेका थिए । कार्यक्रममा अभिभावकहरूको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा समन्य इकाइ मोरङका उपसचिब शिवप्रसाद घिमिरले गुणस्तरीय शिक्षा सँगै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए । कार्यक्रममा विराटनगरका वडाअध्यक्षहरु मधुवावु तिवारी र राम पोखरेल, अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराईलगायतको उपस्थतीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५