ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतलाई १२ बर्षपछि आईसीसी एकदिवशियको उपाधि, भारतले जित्यो तेस्रो पटक च्याम्पियन्स ट्रफी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ फाल्गुन २०८१, आईतवार २२:५०
135
Shares
विराटनगर / भारतलाई १२ बर्षपछि आईसीसी एकदिवशियको ट्रफी हात पारेको छ ।

आज दुवईमा भएको च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै १२ बर्षपछि आईसीसी एकदिवशियको ट्रफी हात पारेको हो । यस अघि २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

भारतले २५ वर्ष अघि २००२ मा भएको दोस्रो संस्करणको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको बदला समेत लिएको छ । भारतलाई तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि हो ।

न्युजिल्याण्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा लक्ष्उ भट्टाएको हो । कप्तान रोहित शर्माले आक्रामक ब्याटिङ ७६ रनमा आउट हुँदा श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे भने हार्दिक पान्डेयले १८ रन र रविन्दू जडेजा ९ रनमा अविजित रहे । न्युजिल्याण्डका माइकल ब्रेसवेल र मिचेल सान्टनरले २–२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले र्धिारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । न्युजिल्याण्डका डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए भने माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ रन र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २–२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

भारतक लागि यो च्याम्पियन्स ट्रफीको तेस्रो उपाधि हो । यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा २०१३ मा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर