AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा विद्यार्थीहरूको नेतृत्व चुनावबाट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०८२, शुक्रबार २१:०१
234
Shares
विराटनगर/ विराटनगर स्थित ग्रेडेड स्कुलमा शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी नेतृत्व निर्वाचन प्रक्रियामार्फत चयन गरिएको छ।

विद्यार्थीहरुको नेतृत्व क्षमता र लोकतान्त्रिक चेतना विकासमा यो प्रक्रियाले सकारात्मक प्रभाव पारेको छ। निर्वाचनमा विद्यालयका क्याप्टेन, उपक्याप्टेन , हाउस क्याप्टेन पदहरुका लागि विद्यार्थीहरुले उत्साहपूर्ण सहभागिता जनाएका थिए। उम्मेदवारी दर्तादेखि प्रचारप्रसार, मतदान, मतगणना, र नतिजा प्रकाशनसम्मका प्रक्रियाहरु शिक्षकहरुको निगरानीमा विद्यार्थीलेनै कुशलतापूर्वक सम्पन्न गरेका थिए।

यो प्रक्रियामा सहभागी विद्यार्थीहरुले विद्यालयमा पढाइमात्र होइन, सामाजिक र लोकतान्त्रिक मूल्य मान्यता बुझ्ने र व्यवहारमा उतार्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्।

स्कुल क्याप्टेनमा छात्रबाट निरञ्जन मिश्र कक्षा ९ र छात्राबाट तृश्ना मैनाली कक्षा ९ , उपकप्तानमा छात्रतर्फ अमित सिंह कक्षा ९ र छात्रा स्वस्तिका चापागाई कक्षा ९, अतिरिक्त क्रियाकलाप छात्रतर्फ विप्लव मण्डल कक्षा ९ र र छात्रातर्फ मनिषा राजवंशी कक्षा ९ चयन हुन सफल भए ।

हाउस क्याप्टेनमा रातो हाउसबाट अभिषेक कुमार शाह र बर्सिका न्यौपाने, हरियो हाउसबाट अङ्कित राजवंशी र थनिषा पोख्रेल, निलो हाउसबाट युवराज शाह र सृष्टि परियार र पहेलो हाउसबाट अनमोल सिंह र सफला श्रेष्ठ छनोट भए। छनोट भएका सम्पूर्ण १४ जना विद्यार्थीको गुणस्तर सर्कल मञ्च बनाएर विद्यार्थीहरू एकत्रित भएर विद्यालय भित्र गुणस्तर, नवप्रवर्तन र निरन्तर सुधारको संस्कृतिलाई प्रवर्द्धन गर्छन्।

निर्वाचित प्रतिनिधिहरूलाई छिट्टै औपचारिक रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गराइने जनाइएको छ। उनीहरूलाई चालु शैक्षिक सत्रभर विद्यालयको नेतृत्वदायी भूमिकामा सक्रिय रुपमा संलग्न गराइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर