पूर्वाञ्चल खबर
खेत जोत्नसाथै सिचाई तथा ढुवानीका लागी समेत सो पावरटिरल प्रयोग गर्न सकिने छ । परियोजनाले सञ्चालन गरेको जोन कार्यक्रममा आवद्ध जहदा गाउँपालिकाका किसानलाई सो उपकरण हस्तान्तरण गरेको हो ।
जहदा गाउँपालिका वार्ड न ४ कुशवाहा टोलमा एक कार्यक्रमको आयोजनागरि ५० प्रतिशत अनुदानमा आठजना किसानलाई पावर टिलर हस्तान्तरण गरिएको परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले वताए । पावर टिलर खरिद गरिएको मुल्यमा ५० प्रतिशत किसानले ५० प्रतिशत परियोजनाले व्योहरेको छ ।
कृषि यान्त्रीकरणमा जोड दिदै सो परियोजनाले अनुदानमा धान काट्ने हारवेस्टर टयाक्टरलगायतका ठुलाठुला कृषि उपकरण तथा ढुवानीका लागी सवारी साधन र सिचाईका लागी वोडिङ समेत जडान गर्दै आएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना, जिल्ला समन्वय समितिका प्रमुख नरेशप्रसाद पोखरेल, परियोजना प्रमुख विनोदकुमार मण्डल , जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल तथा उपाध्यक्ष सालोदेवी साहले सयुक्त रुपमा किसानलाई पावर टिलर हस्तान्तरण गरे ।
जहदा गाउँपालिकाका हरिहर साह, सियाराम राजवंसी,ताराचन्द मण्डल,मनोजकुमार सिंह,हरिनाथ सिंह,राकेस सिंह, पवनकुमार सिंह तथा गणेश राजवसी लगायतका किसानलाई पावर टिलर हस्तान्तरण गरिएको थियो ।