animated ellipse animated ellipse

प्रदेश १ मा आज ४ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भए, थपिए २ सय ५९ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७७, सोमबार १७:३५
612
Shares
विराटनगर / प्रदेश १ मा आज ४ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा २ सय ५९ जना संक्रमित थपिएका छन् ।

होमआईसोलेसनबाट ४ सय १५, मेची अस्पतालबाट २, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आईसोलेसनबाट १/१, इटहरी आईसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ४७ जना डिस्चार्ज भएका छन् ।

सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २/२, धनकुटा, भोजपुर र ताप्लेजुङ १/१ र प्रदेश १ बाहिरका १३ जना गरि २ सय ५९ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १/१, मोरङको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६/६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३/३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बा¥हदशी र झापा गाउँपालिकामा १/१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १/१, ते¥हथुमको छथर र म्याङलुङमा १/१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १/१, इलामको सुर्योदय र स्थानीय तह नखुलेका १/१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १/१, धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ९१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर