खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित अभिमुखिकरण सहित सुरुवात भएको हो ग्रिन सिटी भलुन्टियर कार्यक्रम नेपालको जलवायु परिवर्तन नीति २०२० मा उल्लेख भए अनुसार १५ देखि २२ बर्ष उमेर समुहका बालबालिका र युवा संलग्नतामार्फत जलवायु संकट र वातावरणीय समस्यालाई सम्बोधन गर्न केन्द्रित युवा संलग्न कार्यक्रम हो । यो कार्यक्रमले विराटनगर महानगरपालिकासँगको सहकार्यमा जलवायु परिवर्तन नीति कार्यान्वय नगर्ने उद्देश्य राखिएको बताइएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, विराटनगर महानगरपालिकाका संयोजक तथा वडा नं. ३ का अध्यक्ष वासुवाहादुर वस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तिर्थन्द्र नेउपाने, वडा नं. १ का अध्यक्ष काजी वस्नेत, वडा नं. १४ का वडा अध्यक्ष सुर्यनारायण महत, वडा नं. १० का अध्यक्ष अर्जुन गिरी र जागरण विराटनगरका संयोजक प्रतिक्षा वस्नेत ज्सहभागि रहेको थियो ।
विराटनगरका विभिन्न वडाबाट छनोट भएका २२ जना स्वयंसेवकलाई ग्रीन सिटी स्वयंसेवकको संलगनता योजनामा अभिमुखीकरणमा दिगो विकास इन्स्टिच्युटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठ र वरिष्ठ कार्यत्रम अधिकृत प्रयास अधिकारीले गरेका थिए । अतिथिबाट छनोट भएकोमा सम्पूर्ण स्वयंसेवकहरुलाइ बधाई सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यस कार्यत्रम अन्तरगत हाल २२ जना स्वयंसेवक छनौट भएकोमा अब थप वडावाट वाँकी रहेका स्वयंसेवकहरुलाई दोस्रो चरण मार्फत छनौट गरिने योजना रहेको जानकारी दिगो विकास इन्स्टिच्युटका वरिष्ठ कार्यत्रम अधिकृत अधिकारीले दिए ।
सम्बन्धित वडा कार्यालय तथा विराटनगर महानगरपालिकासँग समन्वय गरी जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी कार्यक्रम र आयोजनाको नेतृत्वगर्न सक्ने गरी विभिन्न विषयमा स्वयंसेवकहरूलाई विभिन्न अवसर र संलग्नता उपलब्ध गराइने यस कार्यक्रमको लक्ष्य रहेको जानकारी अधिकारीले दिए ।
तपाईको प्रतिक्रिया