खबर पूर्वाञ्चल
दोश्रो चरण अन्र्तगत कोरोनाका विरामी वढ्न थालेपछि प्रदेश सरकारले कार्ययोजना वनाएर कोभिड रोकथाम एंव व्यवस्थापनमा सक्रियता वढाएको हो ।
प्रदेश १ कोभिड क्राइसेस मेनेजमेन्ट सेन्टरका अध्यक्ष एंव मुुख्यमन्त्री शेरधन राईको अध्यतामा वसेको वैठकले कोभिड कोरोना छाल रोकथाम नियन्त्रण सम्वन्धमा कार्ययोजना –२०७८ वनाएर कोभिड नियन्त्रण अभियानमा प्रदेश सरकार जुुटेको हो । कार्ययोजनामा कोभिड नियन्त्रण व्यवस्थापन रोकथामका चुुनौती त्यसको समाधान र निराकरणका विषय उल्लेख गरिएको छ । पहिलो, दोश्रो तथा तेश्रोगरि चरणवद्ध रुपमा कोभिड कारण देखापर्ने समस्या समाधानका लागी कार्ययोजनामा विषयहरु उल्लेख भएका छ ।
कार्ययोजना अन्र्तगत प्रदेश १ मा रहेका सवै स्थानिय पालिकासँग समन्वय गरेर अघि वढ्ने, सिमाक्षेत्रको आवत जावतमा सुुरक्षा मापदण्ड अनुुसार स्वास्थय चेकजाच गर्दै निगरानी वढाउने, मानिसको आवता जावत हुुने सवै सरकारी कार्यलय तथा संघसंस्थाहरुमा हाथधुुनलाई सावुन पानी तथा सेनेटाइजरको व्यवस्था मिलाउन कार्यालयहरुलाई निर्देशन दिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुुनमन्त्री हिकमतकुुमार कार्कीले वताए । त्यस्तै सिमानाका व्यवस्थापनका लागी हेल्प डेस्कहरु पुुन सञ्चालनमा ल्याउदै स्क्रिनिङ प्वाइन्टको स्थापना सिमानाकावाट आवत जावत गर्नेको रेकर्ड राख्नेदेखि आइसोलेसन तथा क्वारेन्टाइन निमार्णको कामलाई प्रदेश सरकारले सक्रियता बढाएको मन्त्री कार्कीको भनाई छ ।
कार्ययोजना पारित भएसंगै प्रदेशमा रहेको कोभिड अस्पतालहरुमा सैया थप गर्ने प्रयोगशालाको व्यवस्थापन गर्ने कामलाई समेत प्राथमिक्ताका साथ अघि वढाइएको छ ।
मुुख्य नाकामा होल्डिङ सेन्टर तथा सिमानाकामा सशत्र प्रहरीको पोष्ट समेत स्थापना गर्ने विषय कार्ययोजनामा समेटिएको छ ।
आन्तरिक मामिला तथा कानुुन मंत्रालयलाई होल्डिङ सेन्टर तथा क्वारेन्टाइनको स्थापना व्यवस्थापन साथै सिमानाका व्यवस्थापन तथा सुुरक्षाकर्मी परिचालनका लागी सुुरक्षा निकायसंग समन्वयगर्ने जिम्मा दिइएको छ ।
त्यस्तै आर्थीक मामिला तथा योजना मंत्रालयलाई आवश्यक वजेटको व्यवस्थापन खर्चको अभिलेख प्रतिवेदन राख्ने तथा मुुल्याकंन समिक्षा प्रतिवेदन पेशगर्ने तथा समाजिक विकास मंत्रालयलाई विराटनगर स्थित कोभिड अस्पताललाई थप व्यवस्थापन गर्दै आइसोलेसन तथा भ्यान्टेलेटर सहितका वेडहरु थप गर्ने, प्रदेशमा रहेको आइसोलेसन र कोभिड अस्थापतालको थप व्यवस्थापन एंव प्रभावकारी वनाउने, मन्त्रालय मातहतका कार्यालयसँग समन्वयगर्दै अघि वढने विषयलाई कार्ययोजनामा समेटिएको छ ।
कार्ययोजनामा आवश्यक आर्थीक श्रोत जुुटाउन पुुन कोरोना जन सुुरक्षाकोष स्थापना तथा परिचालन गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुुन मंत्रालयका प्रवक्ता एंव कार्यक्रम महाशाखा प्रमुुख कमलवहादुुर थापाले वताए । उनका अनुुसारका कार्ययोजना कार्यान्वयनका लागी कोभिड विरुद्धको सचेतना अभियान अन्तर्गत पर्चा पम्पलेट तथा मायकिङ गर्ने देखि एफएम रेडियो टेलिभिजन पत्रिकाहरुमा समेत सुुचना प्रभा गर्दै नागरिकलाई स्वास्थ्य सावधानी अपनाउने आग्रह गरिएको छ ।
त्यसैगरि कार्ययोजनामामा २४ घन्टा सिमानाकामा निगरानी वढाउने तथा कोभिडको अवस्था हेरेर स्थिति भयभाव हुुर्दै गए सिमानाकामा आवतजावत पुुर्ण रुपमा निषेध गर्न सकिने कार्ययोजनामा उल्लेख गरिएको छ । त्यस्तो अवस्था देखिएपनि नेपाल भारतको सिमानाकावाट मालवाहक सावारी साधनको आयात निर्यातमा भने निर्वाद रुपले संचालन हुुनेगरि व्यवस्था मिलाइएको छ ।
यसरी संघिय , प्रदेश र स्थानिय सरकार दोश्रो चरणको कोभिडछाल नियन्त्रण रोकथाम र व्यवस्थापनमा सक्रिय भएर लागेकाले त्यस्को पुुर्ण रुपमा पालनाका लागी मास तथा सेनेटाइजरको प्रयोगगर्दै कुुनै पनि स्थानमा भिडभाड हुुने खालका कार्य नर्गन र नगराउन समेत प्रदेश सरकार सर्वसाधारणलाई आग्रह गरेको छ ।
मुुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंत्रीहरुको सहभागितमा वसेको वैठकले सो कार्ययोजना ल्याएको हो । एकवर्ष अघि कोरोना सक्रमण फैैैलिएको अवस्थामापनि संघ , प्रदेश तथा स्थानिय सरकारको समन्वय र सहकार्यमा कोभिड नियन्त्रणमा आएको थियो ।
तपाईको प्रतिक्रिया