उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्सले दुलारी भेट्रान्स क्लब मोरङलाई ३ – १ गोलले हराउँदै बिजयी भएको हो ।
जितको लागि मिल्स भेट्रान्सका सन्तोष चोङवाङ दुई गोल र प्रकाश पौडेल एक गोल गरेका थिए ।
आक्रमक रुपमा प्रस्तुत भएको मिल्सले खेल सुरु भएको १९ औं मिनेटमा प्रकाश पौडेलले गोल गरी टिमलाई अग्रता दिए । प्रकाशले गोल गरेको १० मिनेटपछि मिल्सका सन्तोष चोङवाङले गोल गरे ।
पहिलो हाफसम्ममा २–० गोलले मिल्स अगाडी रहयो । दोस्रो हाफदेखि सुधारेको प्रर्दशन गरेपनि दुलारीका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर खेर फाले । खेलको ३७ औं मिनेटमा सन्तोष चोङवाले पुन ः गोल गरी टिमको जित सुनिश्चित गरे । दुलारीका चुडामणी गौतमलले ५७ औं मिनेटमा सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच आयोजक मिल्सका खेलाडी सन्तोष चोङवाङ घोषित भए ।
प्रतियोगिताको आइतबारको खेल हाम्रो धरान भेट्रान्स र दमक लखनपुर भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रदेश १ भरीका ११ वटा टिमको सहभागि रहेको मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए । प्रतियोगिताको बिजेताले ५१ हजार १ सय ११ र उपबिजेताले ३१ हजार १ सय ११ रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया