खबर पूर्वाञ्चल
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा आज आयोजना गरिएको प्रतियोगिताको सिनियरतर्फ ग्रेडेड स्कुलकी उमा साह र जुनियरतर्फको उपाधि अरिहन्तकी नम्रता चौधरीले जितेको हो ।
सिनियर तर्फको द्धितीय विराटनगरस्थित बुढानिलकण्ठ स्कुलका अपेक्षा राई, तृतीय मोरङ पब्लिक स्कुलकी दीक्षा सुनार र सान्त्वना वाल्मीकि स्कुलका बादल पास्वान घोषित भए । यसैगरी जुनियरतर्फको द्धितीय एजेलिया स्कुलका दिबिना बस्नेत, तेस्रो पोलस्टार स्कुलकी आस्मा सापकोटा र सान्त्वना मोरङ पब्लिक स्कुलकी मुना थापा भइन् ।
प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेले क्रमश ः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेका थिए । संस्थागत विद्यालय बचत तथा ऋण सहकारीले प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला स्तरीय चित्रकला प्रतियोगिता गर्दै आएके छ । उक्त प्रतियोगितामा जिल्लभरीको ३० भन्दा बढी विद्यालयबाट ८१ जना विद्यार्थीले भाग लिएको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले बताए ।
चित्रकलाको निर्णायकहरुमा अनुराधा थापा र यसोधा कुमारि सिंह रहेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले विद्यार्थीहरुको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग मिल्ने बताए ।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्थासहितको रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष नगेन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष इन्द्रकुमार राईलगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया