AArya
RUMPUM
animated ellipse animated ellipse

१५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता विराटनरमा सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०८२, शनिबार १८:४७
225
Shares
विराटनगर/ कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ।

आज विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, खेलकुदलगायतको क्षेत्रमा समेत पर्याप्त लगानी भए चौतर्फी विकास हासिल गर्न सकिने बताए। उनले कोशी प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुद क्षेत्रका लागि फराकिलो मन बनाएर रकम विनियोजन गर्न अनुरोध समेत गरे।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रदेश सरकारको आगामी बजेट खेलक्षेत्र र खेलाडीलाई प्राथिमिकतामा राखेर निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री राईले छोटो समयको सूचनाको आधारमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा सरोकारवाला र खेलाडीहरुमा धन्यवाद ज्ञापन गरे।

त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीको बोर्डले उचित सम्मान गर्ने बताए । उनले खेलाडीले सम्मान पूर्वक बच्ने अवस्थाको निर्माणको लागि बोर्डले कार्य गरिरहेको जानकारी समेत गराए।

बस्नेतले प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी नभएको सोलुखुम्बु, सुनसरी र खोटाङलाई प्रतियोगितामा खेलाडीको सहभागी हुने अधिकार सुनश्चित गर्न असफल भएको भन्दै सो जिल्लाका जिल्ला खेलकुद विकास समितिलाई आवश्यक कारबाही हुने समेत बताए।

छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै १ हजार खेलाडीको सहभागिता रहेको छ। छनोट प्रतियोगितामा विजयी खेलाडीहरूले जेठ २८ देखि ३० सम्म काठमाण्डौमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर