माओवादी केन्द्रले मनायो धान दिवस

खबर पूर्वाञ्चल, १५ असार २०७८, मंगलवार १६:५७

विराटनगर/ १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटिले विराटनगर – १४ अमरलाल यादवको खेतमा धान दिवस मनाएको हो ।

माओवादी केन्द्रले आयोजना गरेको धान दिवसमा प्रदेश र जिल्ला र नगर तहका नेता कार्यकताहरूको उपस्थिती रहेको थियो । कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला न्यून उपस्थितिमा धान दिवस मनाएको हो ।

धान दिवस कार्यक्रममा बोल्दै माओवादी केन्द्र प्रदेश १ सदस्य भोगेन्द्र यादवले ८० प्रतिशत कृषक आत्मनिर्भर भएमात्र देश समृद्धितर्फ अगाडी बढने बताए । राज्यले अहिले पनि कृषकलाई प्रयाप्त मात्रमा बजेट बिनायोजन गर्न नसकेको उनले बताए । राज्यले कृषिमा आधुनिकरण गर्दै अगाडी बढाउनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५