animated ellipse animated ellipse

विराटनगरको न्यूरो अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७७, सोमबार १७:०५
9
Shares
neu
विराटनगर / विराटनगरमा रहेको न्यूरो अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार दुई जना २४ वर्ष र एकजना २८ वर्ष उमेरका नर्समा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्र्कीले जानकारी दिएका छन् । प्रमुख कार्कीका अनुसार संक्रमितहरू विराटनगर–१०, १२ र १३ नम्बर वडाका बासिन्दा रहेको बताए । न्यूरो अस्पतालमा कार्यरत एक जना चिकित्सकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा छन् । स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेपछि अस्पतालले आइतबारदेखि अनिश्चितकालका लागि ओपीडी र इमरजेन्सी सेवा बन्द गरेको छ । कर्मचारी र अस्पतालमा उपचाररत बिरामीको कोरोना जाँचका लागि ओपीडी र इमरजेन्सी सेवा केही दिनका लागि बन्द गरिएको अस्पतालले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर