AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्राइभेट चालकद्वारा सामुहिक रुपमा धान रोपाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०८१, शनिबार १९:०४
153
Shares
विराटनगर / मानो रोपी मुरी उत्पादन गर्ने २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्राइभेट चालक इकाई कमिटी कोशी प्रदेश विराटनगरले मोरङको कटहरी–८ मा आज सामूहिक रुपमा धान रोपाई गरी महोत्सव भव्य रुपमा मनाएका छन् ।

चालक सहित स्थानीय गाउँलेहरुको उत्साहजन रुपमा खेतमा सामूहिक रुपमा धानको व्याड रोपका छन् ।

संघका अध्यक्ष धर्मेन्द्र पाण्डेको नेतृत्वमा उपाध्यक्ष ज्योति कामत, सचिव अर्जुन दाहाल, कोषाध्यक्ष धिरेन लामा एवं कार्य समितिका सदस्यहरु एवं गाउँलेहरुको रोपाईमा सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात सामूहिक रुपमा दहि, च्यूरो, आँप खाजाको रुपमा वितरण गरिएको थियो ।संगठनले विभिन्न समयमा यस प्रकारका सामाजिक कार्यहरु रक्तदान,सीतलहरको समयमा गरीव परिवारलाई न्यानो कपडा वितरण गर्ने कार्य गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर